बुधबार ओलीको मिर्गौला प्रत्यारोपण गरिने
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौलाको प्रत्यारोपण हुने भएको छ ।
बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको मिर्गौला प्रत्यारोपण गरिनेछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘बुधबार प्रधानमन्त्रीज्यूको मिर्गौलाको प्रत्यारोपण हुनेछ ।’
ओलीले सो विषयमा नेकपाको केन्द्रीय सचिवालयको बैठकमा समेत जानकारी गराएका छन् । बैठकले ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
ओलीले १३ वर्ष अगाडि भारतमा मिर्गौलाको प्रत्यारोपण गराएका थिए ।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले नियमित डायलासिस गराउँदै आएका छन् ।
Published : Sunday, 2020 March 1, 2:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया