अर्थ मन्त्री र डेपुटी गभर्नरकाे असलसम्बन्धले स्वार्थी समूहलाई तनाब
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी कुशल प्रशासक मानिन्छन् । उनले राष्ट्र बैंकमा लामो समय सेवा गरिसकेका छन् ।
०४४ सालबाट सरकारी सेवा शुरु गरेका सिवाकोटी र अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडा एउटै जिल्ला झापाका हुन् । संयोग नै मान्नुपर्छ अर्थमन्त्री डा.खतिवडाले सिवाकोटीभन्दा दुई वर्ष अगाडि सेवा शुरु गरेका थिए ।
शाखा अधिकृतबाट सेवा शुरु गरेका डा.खतिवडालाई व्यावसायिक क्षेत्रमा सिवाकोटीले सधै साथ दिँदै आएका छन् । हुन त सिवाकोटले ०४४ सालमा नायब सुब्बाबाट सेवा शुरु गरेका थिए । डेपुटी गभर्नर सिवाकोटीले डा.खतिवडालाई आफ्नो अब्बल गुरू समेत मान्छन् ।
सिवाकोटी राष्ट्र बैंकको डेपुटी गर्भनर छन् । डा.खतिवडा अर्थमन्त्री छन् । मुलुकको अर्थतन्त्र र बैंकहरूका विषयमा कसरी अगाडि बढ्ने विषयमा यी दुईवीच बेलाबेला सम्वाद हुने गरेको छ ।
अर्थमन्त्री डा.खतिवडा र डेपुटी गर्भनलाई टाढा बनाउन केही स्वास्वार्थी समूहले खेल्ने गरेका छन् । तैपनि सिवाकोटीले ती स–साना कुराहरूलाई बेवास्ता गर्ने गरेका छन् ।
मुलुकको अर्थतन्त्रलाई हाँकेको कमाण्डरलाई सबैले साथ दिनुपर्ने राष्ट्र बैंकका डेपुटी गर्भनर सिवाकोटीको भनाइ छ । सिवाकोटी भन्छन्, ‘मेरो दायित्व भनेको अर्थमन्त्रीज्यूलाई सहयोग गर्ने हो । कसले के भन्छ त्यसको पछाडि लाग्ने कुरै आउँदैन । कमाण्डरलाई हामीले साथ दिनुपर्छ ।’
मुलुकको अर्थतन्त्रलाई सहि ढंगले अगाडि बढाउन अर्थमन्त्री डा.खतिवडा र डेपुटी गभर्नर सिवाकोटीले स्वार्थी समूहबाट आफूलाई बचाउनुपर्छ । झिनामसिना कुराहरूको पछाडि लाग्नु हुँदैन ।
सिवाकोटीले नायब सुब्बा हुँदादेखि नै तत्कालीन एमाले निकटका कर्मचारीहरूको संगठनमा रहेर काम पनि गरेका थिए । अधिकृत भएपछि सिवाकोटीले संगठन छाड्नु परेको थियो ।
यद्यपि, डेपुटी गर्भनर सिवाकोटीको प्रधानमन्त्री केपी ओलीसँग आफ्नै सम्वन्ध छ । केही दिन अगाडि डेपुटी गभर्नर सिवाकोटीद्वारा लिखित किताबको प्रधानमन्त्री ओलीले विमोचन गरेका थिए ।
बालुवाटारभित्र भएको किताब विमोचनका क्रममा ओलीले सिवाकोटीले पुर्याएको योगदानको चर्चा गरेका थिए । ओलीले सिवाकोटी क्षमताप्रति जानकार छन् । जिल्लाबासी भएका कारण प्रधानमन्त्री ओली र सिवाकोटवीच गहिरो सम्बन्ध छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया