पर्वतमा सक्रिय बन्यो तरुण, एघार वटै वडामा कार्यसमिति

पर्वत । नेपाल तरुण दल फलेवास नगर समितिले संगठन विस्तार अभियान शुरु गरेको छ ।

गत महिना बसेको कार्य समितिको बैठकले नगरका ११ वटै वडामा समिति गठन गर्ने निर्णय गरेको छ ।

निर्णय बमोजिम फलेवास नगरपालिका–१० कुर्घावाट अभियान शुरु गरिएको छ ।

नेपाली कांग्रेसमा आवद्ध युवाहरूको भेलाले तारावहादुर क्षेत्री ‘राम’को अध्यक्षमा ३९ सदस्य कार्य समिति गठन गरेको छ ।

फलेवास नगरपालिका–१० ठानामौलामा पनि नेपाल तरुण दल वडा समिति गठन भएको छ ।

ठानामौलामा बसेको युवाहरूको भेलाले बुद्धबहादुर नेपालीको अध्यक्षमा २१ सदस्यीय कार्य समिति गठन गरेको हो ।

तरुण दलले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल तरुण दल फलेवास नगर समितिका सभापति दिनेश लाछिानेको अध्यक्षतामा दुवै स्थानमा कार्यक्रम सम्पन्न भएको हो ।

कुर्घामा भएको कार्यक्रमा नेपाली कांग्रेस कुर्घाका सभापति अमरवहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

ठानामौलामा नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको तरुण दलले जनाएको छ ।

ठानामौलामा भएको कार्यक्रममा नेपाली कांग्रेस ठानामौलाका सभापति हिमराज कुवँर, सचिव शालीग्राम कुवँर, वडाध्यक्षका उम्मेदवार रोशन गुरुङ लगायत शुभकामना मन्त्य राखेका थिए ।

कुर्धामा भएको कार्यक्रममा नेपाली कांग्रेस कुर्घाका सभापति अमरबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, नेपाली कांग्रेस कुर्घाका उपसभापति कमलप्रसाद पौडेल, सचिव दाताराम लम्साल, नेपाल शिक्षक संघका पूर्व क्षेत्रीय अध्यक्ष मेघनाथ लम्साल, वडाध्यक्षका उम्मेदवार भवानीप्रसाद शर्मा, नेपाल तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष सरोज खनाल, तरुण दलका नेता निर्मल नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रजातन्त्रमा आस्थावान युवाहरूलाई संगठित रुपमा बलियो बनाउन तथा पार्टीका गतिविधिलाई जनमानसमा पुर्‍याउने उद्देश्यले संगठन विस्तार अभियानमा जुटेको तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष अच्युतकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष टेकबहादुर पाठक र कार्यक्रमको संचालन नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’ले गरेका थिए ।

तरुण दल फलेवासले आइतबार शंकरपोखरीमा तरुण दल गठन गर्ने जनाएको छ ।

Published : Monday, 2020 February 24, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया