देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राजा महाराजाहरूले जस्तो गरी कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो जन्मोत्सव मनाएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

नेता खतिवडाले ट्वीट गर्दै जन्मोत्सव मनाउँदा देशको नक्सालाई केक बनाएर काटेर खाएकोमा आक्रोश पनि पोखेका छन् ।

‘देशको नक्सा भएको केक काटेर जन्मदिन मनाउन प्रधानमन्त्री खड्गप्रसाद ओली हेलिकप्टर लिएर तेह्रथुम पुग्नु भएछ’, उनले भने, ‘देशको नक्सा काटेकोमा उहाँलाई आनन्द लागेको होला ।’

‘तर यो दृश्यलाई सबैले राम्रो मानेनन्’, खतिवडाले भनेका छन्, ‘जन्म दिनको शुभकामना, प्रधानमन्त्री ज्यू ।’

खतिवडाले विगतमा पनि राजामहाराजाहरूले यस्ते हर्कत गरेका कारण शासन सत्ता गुमाउनु परेको उदाहरण दिँदै कम्युनिस्टहरूले नै त्यही कुरा पुच्छ्याएपछि आफू चिन्तित बनेको बताए ।

Published : Monday, 2020 February 24, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया