कम्युनिस्टलाई दुईतिहाइ भ्रष्टाचार गर्ने लाइसेन्स बन्योः तरुण उपाध्यक्ष

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्था गरी सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिन गर्न माग गरेका छन् ।

बिहीबार उपाध्यक्ष चापागाइँले भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले बास्कोटालाई तत्काल हटाएर कारबाही गर्नुपर्ने बताए ।

जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिएको बताउँदै उनले जनताको भोटलाई कम्युनिस्टले भ्रष्टाचार गर्ने लाइसेन्स बनाएको आरोप लगाए ।

‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार पनि हेर्दैन भन्नु हुन्छ’, उनले भने, ‘७० करोड कमिशनको अडियो रेकर्ड बाहिरिदा पनि के गरेर बस्नु भएको छ ? तत्काल मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्छ ।’

तरुण उपाध्यक्ष चापागाइँले बास्कोटालाई संरक्षण गरेर भ्रष्टाचारलाई बढावा दिने कार्य भयो भने देशभरिका तरुणले आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई भोट दिए । जनताको भोट कमिशन खाने, भ्रष्टाचार गर्नका लागि होइन ।’

कम्युनिस्टहरू कुनै हैसियतमा हुँदा रहेछन् भन्ने कुरा मन्त्री बास्कोटाको अडियो रेकर्डले प्रष्ट बनाएको भन्दै उपाध्यक्ष चापागाइँले हाम्राकुरा डटकम र त्यसका सम्पादक अजयबाबु सिवाकोटीलाई धन्यावाद दिएका छन् ।

Published : Thursday, 2020 February 20, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया