बास्कोटा कञ्चनपुरतिर रहेका बेला सानेपामा हँगामा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई बखास्त गरेर सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणको छानविन गर्न माग गरेका छन् ।
ललितपुरको सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कम्युनिस्ट सरकारका मन्त्री बाँस्कोटाको कमिशन प्रकरणमा छानविनको माग गरेका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको डिलिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले कमिसन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने माग गरेको हो ।
शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरी जिम्मेवार प्राप्त निकायलाई अनुसन्धान गर्न सहयोग गर्नुपर्ने माग गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद यो सरकारले रद्द गरेको भनिए पनि यसमा ठूलो रकमको घोटाला हुनसक्ने भन्ने गहिरो अनुसन्धान गर्नु जरुरी रहेको शर्माले बताएका छन् ।
वाइडबडी अनुसन्धानमा जस्तै शाही आयोगको झल्को दिने समिति बनाएर यस विषयमा अनुन्सन्धान गरिए आफूहरूलाई मान्य नहुने पनि प्रवक्ता शर्माले बताएका छन् ।
कांग्रेसका प्रवक्ता शर्माले यस प्रकरणमा मन्त्री बास्कोटाको मात्र संलग्ना थियो कि अन्य पनि यसमा संलग्न थिए भन्दै प्रश्न उठाएका छन् ।
कांग्रेसले यसमा मन्त्री बास्कोटाको व्यक्तिगत सम्बन्ध रहेको वा संस्थागत संलग्ना रहेको भन्दै प्रश्न उठाएको छ ।
‘प्रधानमन्त्रीय प्रणालीमा भएका सबै कुरा अन्तिममा पुग्ने प्रधानमन्त्रीको टेबलमा नै हो’, प्रवक्ता शर्माले भने, ‘यसमा अन्य क–कसको संलग्ना थियो त्यसबारे छानबिन हुन जरुरी छ ।’
‘दृश्यमा आएको बाहेक नेपथ्यमा को–को संलग्न थिए ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘यसबारे निष्पक्ष छानविन गरिनुपर्छ ।’
मन्त्री बास्कोटा कञ्चनपुरमा बिहीबार बिहान पार्टीको कार्यक्रममा सहभागी भएका छन् । सो कार्यक्रममा उनले आफ्नो बचाउ गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया