दुईतिहाइ बहुमत ७० करोड कुम्ल्याउन होइनन्ः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नैतिकताका रुपमा पदबाट राजीनामा दिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई सुझाव दिएका छन् ।
प्रेस नोट जारी गरेर खतिवडाले सेक्युरिटी प्रेसमा भएको आर्थिक अनियमितता र कमिशनको बार्गेनिङसम्बन्धमा कुराकानीको रेकर्ड सार्वजनिक हुँदा समेत मन्त्री बास्कोटा चुपचाप बस्नुलाई आपत्तिजनक मानेका छन् ।
उनले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएर ७० करोड प्रकरणलाई छानविन र अनुसन्धानका लागि बास्कोटाले मार्गप्रस्त गरिदिनुपर्ने बताए ।
‘भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक हुँदा समेत लाज नमानेर पत्रकार सम्मेलन गरेर टेलिभिजनमा अनुहार देखाउने रहर लागेको छ होला’, खतिवडाले भने, ‘तपाइले छिटोभन्दा छिटो राजीनामा दिएर नैतिकता देखाएकै राम्रो हुन्छ ।’
जनताले कम्युनिस्टहरूलाई विश्वास गरेर दिएको जनमतको कदर हुन नसकेको कुरा मन्त्री बास्कोटाको ७० करोडको प्रकरणले छर्लङ्ग बनाएको नेपाली कांग्रेसका नेता खतिवडाले बताए । उनले जनताको अभिमत र विश्वासलाई बास्कोटाले सत्तरी करोडमा लगेर मिसाएको बताए ।
नेता खतिवडाले मन्त्री बास्कोटालाई बचाउनका लागि झण्डै दुईतिहाइको सरकार लाग्ने हो कि भनेर चिन्ता जनाएका छन् ।
उनले भने, ‘बालुवाटार प्रकरणमा मुख्य दोषी ठानिएकाहरूलाई सफाइ दिइएको छ । यती समूहको काण्ड दबाइएको छ । वाइडबडी र न्यारोबडीका दोषीलाई लुकाइएको छ । मेरा मित्र गोकुलजीलाई पनि बचाउन के बेर ?’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया