‘गोकुल काण्ड’सँगै कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा सत्तरी करोड कमिशन काण्डमा परेपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार मध्यान्ह साढे १२ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन राखेका हुन् ।

मन्त्री बास्कोटालाई हटाएर अनुसन्धानको माग गरेको कांग्रेसले सो विषयमा थप धारणा सार्वजनिक गर्न आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको छ ।

Published : Thursday, 2020 February 20, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया