कम्युनिस्ट मन्त्री बास्कोटाले घुस मागेको अडियो लिक

काठमाडौं । कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा घुसको रकम बार्गेनिङ गरेको टेप बाहिरिएको छ ।

मन्त्री बास्कोटाको घुस काण्डको पर्दाफास भएपछि तरंग उत्पन्न भएकाे छ ।

स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग मन्त्री बास्कोटाले बार्गेनिङ गरेका छन् । त्यो अडियो सम्वाद ३१ सेकेन्डको रहेको छ ।

मन्त्री बास्कोटाले अडियोमा २५ देखि २७ अर्बमा सिध्याउन प्रस्ताव गरेका छन् । उनले यो रकममा आफूलाई कति कमिशन अर्थात घुस आउँछ भनेर पटक पटक बार्गेनिङ गरेका छन् ।

एजेन्ट मिश्रले ७० करोड जति कमिशन आउने कुरा अडियोमा मन्त्री बास्कोटालाई भनेका छन् । उनीहरूका बीच एजेन्टले ३० र मन्त्रीलाई कमिशनको रकम ७० प्रतिशत दिने मोटामोटी सहमति भएको छ ।

Published : Thursday, 2020 February 20, 7:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया