देउवाद्वारा शाक्य र रावतप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको निधनको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् ।
शाक्यको निधन भएको खबर थाहा पाएपछि आइतबार सभापति देउवा ललितपुरस्थित निवासमा पुगेर परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।
शाक्यको निधनले आफूलाई दुःख लागेको देउवाले बताए । शाक्यले कठिन परिस्थिति, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र कांग्रेसको संगठन निर्माणमा पु¥याएको योगदानको कांग्रेसले सधै उच्च सम्मान व्यक्त गर्ने देउवाले बताए ।
त्यसैगरी सभापति देउवाले नेपाली कांग्रेस उदयपुरका नेता एवम् कांग्रेस केन्द्रीय कार्यलयका पूर्वसचिव ज्ञानेन्द्रमानसिंह रावतको असामयिक निधनबाट पार्टीले होनहार नेता गुमाएको बताएका छन् ।
सभापति देउवाले स्व.रावतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया