नेपालीहरूद्वारा हङकङमा निःशुल्क मास्क वितरण
हङकङ । नेपाली कांग्रेस निकटकाे नेपाली जनसम्पर्क समिति हङकङले निःशुल्क रुपमा पाँच हजार सर्जिकल मास्क वितरण गरेको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान १० बजे बुढोपार्क संघाइ स्ट्रीट जोडन हङकङमा समितिले निःशुल्क रुपमा मास्क वितरण गरेको हो । ‘सेवा नैँ धर्म हो’ भन्ने नाराका साथ मास्क वितरण गरेको जनाइएको छ ।
चीनबाट महामारीको रुपमा देखा परेको नोबल कोरोना भाइसरबाट बच्न र जनचेतनाका लागि मास्क विरतण गरेको समितिले जनाएको छ । मास्क हङकङमा रहेका नेपाली र स्थानीय व्यक्तिहरूले लाइन लागेर लिएको समितिका सभापति मीन गुरुङले जानकारी दिए ।
नोबल कोरोना भाईरसबाट सुरक्षित रहन सम्पूर्ण व्यक्तिले माकस लगााउनुपर्ने भएकाले हङकङमा मास्कको अभाव रहेको र पसलहरूमा मास्कको मूल्य पनि धेरै महँगो रहेकाले थोरै भए पनि मास्क वितरण गरिएको छ ।
समितिका सभापति गुरुङले सानो भएपनि राहत दिन र मानव सेवा गर्न निःशुल्क रुपमा मास्क वितरण गरिएको बताए ।
अघिल्लो हप्ता समितिले एलजी एसोसिएसनले यङलुङ र हङकङ नेपाली महासघले जोर्डनमा निःशुल्क रुपमा मास्क बितरण गरेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया