देशकाे बेथिति ओलीजीले देख्नै छाड्नु भयाेः चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा बढ्दै गएको बेथितिलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले देख्नै छाडेको बताएका छन् ।

कांग्रेस नेता भण्डारीले देशभित्रका ‘कोरोना भाइस’हरूलाई अनदेशना गर्नु प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो भुल भएको बताए ।

‘प्रधानमन्त्री आफ्ना कुरा स्पष्ट राख्न सक्नु हुन्छ । जवाफ पनि तिखो । इच्छा शक्ति गजव’, उनले भने, ‘तर कमी के ? देशलाई संकट पर्दा कालोबजारी र तस्करी गर्ने देशद्रोहीको पहिचान । ठेक्का लिएर अलपत्र सडक, पुल, भवन किन ? त्यसको गुणस्तर खोइ ?’

‘वानेश्वरमा संसद भवनतिर जाने पुल बनाउन थालेको कति भयो ? राज्यको सिंगो शक्ति त्यही सडकबाट संसद भवन जान्छ’, भण्डारीले भनेका छन्, ‘त्यति खेरै आँखाले नजिक देख्न सकेको छैन । टाडा कसरी देख्दछ ?’

‘रोग केहो ? गन्ध केहो ? घरभित्रका कोरोना भाइरसलाई अन्देखा गरेर भाषणले मात्र पुग्दैन’, उनले भने, ‘इच्छाशक्ति मात्र औषधि बन्न सक्दैन ।’

‘आवश्यक्ता झण्डा बोक्नेभित्र पनि योग्य डाक्टरको पहिचान छ’, उनले भने, ‘जनताले अनुभव गर्न नपाएको तिखो जवाफ ।’

प्रधानमन्त्री ओलीले शनिबार संसदमा आफ्नो सरकारको दुई वर्षको उपब्धि बारे दिएको मन्तव्यमा भण्डारीले यसरी जवाफ दिएका हुन् ।

Published : Sunday, 2020 February 16, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया