भक्तपुरबाट क्वारेन्टाइन हटाउन तरुण दलको माग, आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल तरुण दल भक्तपुरले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरूलाई खरिपाटी र नगरकोटमा राख्ने सरकारको निर्णयको विरोध गरेको छ ।
नेपाल तरुण दल भक्तपुर प्रचार प्रसास तथा सम्प्रेषण विभागका संयोजक राजु पुरीले शुक्रबार विज्ञप्ति जारी गरेर खरिपाटी र नगरकोटलाई क्वारेन्टाइन नबनाउन आग्रह गरेका हुन् ।
‘खरिपाटी र नगरकोटलाई क्वारेन्टाइन बनाउने निर्णयको विरोधमा शान्तिपूर्ण धर्नामा बसिरहेका स्थानीयमाथि प्रहरी दमन हुनु लाजमर्दो छ’, विज्ञप्तिमा भनिएको छ, ‘तरुण दलले घोर भर्त्सना गर्दछ ।’
‘सरकारले अब पनि स्थानीयको मागलाई वेवास्ता गर्दै चीनको बुहानबाट फर्कनेहरूलाई भक्तपुरमा नै राख्ने कोशिस गरेमा तरुण दलले कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले चागुनारायण नगरपालिकाको वडा नम्बर ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा क्वारेन्टाइन राख्नु जोखिमपूर्ण रहेको तरुण दल भक्तपुरले जनाएको छ ।
‘चीनबाट फर्कने पनि हाम्रा दाजुभाई दिदीबहिनी नै हुन् तथापि सरकारले यस्तो जटिल रोगलाई हेलचेक्राइ गर्दै घनाबस्ती नजिकै ल्याएर राख्नु सरकारको अदुरदर्शीता नै हो नेपालमा आज भयावह अवस्थामा रहेका कोरोना भाइरसको क्वारेन्टाइन खरिपाटी र नगरकोटमा बनाउनु सरकारको अदुरदर्शिता हो’, विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया