सरकारद्वारा दर्जन बढी सहसचिवहरूको सरुवा
काठमाडौं । कम्युनिस्ट सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव भूपाल बरालको महालेखा नियन्त्रक कार्यालय काठमाडौं सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरुको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
जनकपुर उपमहानगरपालिका धनुषाका उमेश बस्नेतको श्रम मन्त्रालयमा सुरुवा भएको छ । जितपुर सिमरा उपमहानगरपालिका बाराका खड्गबहादुर कार्कीको मधेशी आयोगमा सरुवा भएको छ ।
प्रदेश प्रमुखको कार्यालय प्रदेश १ का सहसचिव ठाकुर सिग्देलको प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेतमा सरुवा भएको छ ।
धनगढी उपमहानगरपालिका कैलालीका हरि बखतीलाई राष्ट्रिय समावेशी आयोगमा सुरुवा गरिएको स्रोतले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका पर्साका कृष्णप्रसाद धिताललाई राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिका मोरङका भीष्म न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय समावेशी आयोग, काठमाडौंका वासुदेव शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सुरुवा गरिएको छ ।
राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशकमा सरुवा गरिएको छ ।
कम्युनिस्ट सरकारले घोराही उपमहानगरपालिका दाङका टीकाराम ज्ञवालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २ का सहसचिव तेजराज पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका सहसचिव शंकरप्रसाद सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।
कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सहसचिव आनन्द सारूलाई तुलसीपुर उपमहानगरपालिका दाङमा सुरुवा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका कृष्णकान्त उपाध्यायलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश ५ बुटवलमा सुरुवा गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका उपेन्द्र खनाललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया