बालुवाटार काण्डवाला विष्णुद्वारा प्रचण्डसँग गोप्य भेट
काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलले सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा दाहालसँग नेकपाका महासचिव पौडेलले भेटवार्ता गरेका हुन् । भेटमा के–के विषयमा कुरा भएको हो केही भनिएको छैन ।
स्रोतका अनुसार बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव पौडेललाई पदबाट राजीनामा दिन चर्को दवाव आएका विषयमा छलफल भएको छ ।
महासचिव पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएपछि सडकमा कारबाहीको माग गरेर आन्दोलन शुरु भएको छ ।
जग्गा प्रकरणमा मुछिएर विवादमा परेका महासचिव पौडेलले आफूलाई बचाउनका लागि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष दाहालसँग आइतबार बिहानै गोप्य रुपमा भेट गरेर आफ्नो पक्षमा माहोल बनाएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया