लेटाङमा कांग्रेसले बनायो रेकर्ड, संघमा ‘धमाकेदार’ जित

विराटनगर । उद्योग वाणिज्य संघ लेटाङको नयाँ कार्यसमितिमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहको शानदार जित भएको छ ।

संघको २३औं वार्षिक साधरण सभा तथा नयाँ कार्यसमितिका लागि भएको निर्वाचन खड्गबहादुर श्रेष्ठ ‘साने’ नेतृत्वको प्यानल विजयी भएको हो । महासचिवमा भने प्रगतिशील समूहले जितेको छ ।

निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये अध्यक्ष श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दीपकचन्द्र राईले जानकारी दिएका छन् ।

संयोजक राईका अनुसार लोकतान्त्रिक समूहका अध्यक्ष श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी मित्रप्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विश्वास विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गजेन्द्र ठकुरीले २०० मत मात्र प्राप्त गरेका थिए ।

महासचिवमा प्रगतिशील समूहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजय भएका छन् । लोकतान्त्रिक समूहका ढकबहादुर श्रेष्ठले २१० मत प्राप्त गरी महासचिव पदमा पराजित भएका छन् ।

उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी टेकबहादुर श्रेष्ठ ‘उमेश’ले १९२ मत प्राप्त गरेका थिए ।

वाणिज्य सचिवमा हिमालय श्रेष्ठले २२५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिशील समूहका गोविन्दकुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेर पराजित भएका थिए ।

नयाँ कार्यसमितिको सदस्यहरूमा निर्मलकुमार दाहाल २४०, मञ्जुला ठाकुर २४७, दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् ।

संघको निर्वाचनमा ५ जना भने सर्वसम्मतिले चयन भएका छन् । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ, क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

Published : Friday, 2020 February 7, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया