कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनीतिक पूर्वाग्रहपूर्ण निर्णयका विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान १० बजे बैठक बस्नेछ ।

बैठकमा संसदीय दलका उपनेता एवम् उपसभापति विजयकुमार गच्छदारका विषयमा उत्पन्न परिस्थितिका विषयमा छलफल हुनेछ ।

गच्छदार र बालुवाटारको जग्गा प्रकरणलाई लिएर नेपाली कांग्रेसले बिहीबारको संसद बैठक अबरुद्ध गरेको छ ।

नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा माधवकुमार नेपाल, विष्णु पौडेललाई उन्मुक्ति दिएर विजय गच्छदारका विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गरेको भन्दै आक्रोश पोखेको छ ।

Published : Thursday, 2020 February 6, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया