कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई जोगाएर विजयकुमार गच्छदारलाई फसाइएपछि धारणा सार्वजनिक गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन राखेको छ ।

नेपाली कांग्रेसले बिहीबार ठीक सवा ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना राखिएको कांग्रेसले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गाका लालपुर्जा सिरानीमा हाल्ने विष्णु पौडेललाई उन्मुक्ति दिएर विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने निर्णय गरेपछि नेपाली कांग्रेसले आक्रोश पोख्दै आएको छ ।

गच्छदारलाई मुद्धा चलाउँदा सोही क्याबिनेटका प्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्धाबाट उन्मुक्ति दिएको भन्दै कांग्रेसले आक्रोश पोखेको छ ।

Published : Thursday, 2020 February 6, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया