कांग्रेस नेता लामाले गरे कम्युनिस्टहरू भुतुक्कै हुने काम
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले नुवाकोटका दुई वटा विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।
कांग्रेस नेता लामाले गृहजिल्ला नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित शिलाकन्या देवी आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भञ्ज्याङका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद लामाको आर्थिक सहयोगमा शिलाकन्या देवी आधारभूत विद्यालयका २ सय ९ र जनहित प्राथमिक विद्यालय बोहोरे भञ्ज्याङका ६० विद्यार्थीलाई पोशाक बितरण गरिएको प्रेस नोटमा उल्लेख छ ।
विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा पोशाक वितरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता लामाले जिल्लामा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आएका छन् । उनले यसअघि पनि थुप्रै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् ।
नेता लामाको सामाजिक कार्यहरूबाट विरोधी कम्युनिस्टहरूलाई टाउको दुखाइ भएको छ । बेलाबेला नेता लामालाई कम्युनिस्टहरूले विवादमा तान्ने प्रयास गर्ने गरेका छन् ।
ती विवादहरूमा नेता लामाले ध्यान नदिएर जिल्लाका जनताको सेवामा आफूलाई समर्पित गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया