प्रचण्डको जिल्ला जान पाइनन् ‘सिंघम’ एसपी पन्त, आठ एसपीहरूको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ ।

चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले बताएका छन् ।

चितवनमा सरुवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । एसपी पन्तलाई रमाना दिइएको थिएन ।

बारामा कृष्णप्रसाद पंगेनी र पूर्वी नवलपरासीमा दीपक रेग्मीलाई सरुवा गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा सोमेन्द्र सिं राठौर, दंगा नियन्त्रण गण सुनवलमा विकासराज खनाल, गण्डकी प्रदेश प्रहरीको कार्यालय कास्कीमा मोहनप्रसाद पोखेरललाई जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयको ईन्टरपोल शाखामा एसपी अशोक सिंहलाई ल्याइएको छ ।

Published : Tuesday, 2020 February 4, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया