कांग्रेसले काठमाडौंका अलस नेता गुमायो
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद श्रीराम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ ।
काठमाडौं कांग्रेसका पूर्वकोषाध्यक्षसमेत रहेका नेता श्रेष्ठको ८१ वर्षको उमेरमा सोमबार निदान अस्पतालमा निधन भएको हो ।
श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय श्रेष्ठले महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै नेपाली कांग्रेसको संगठन विस्तारमा समेत उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो’, सभापति देउवाले भनेका छन् ।
‘उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुग्नुका साथै सच्चा लोकतन्त्रवादी नेता पार्टीले गुमाएको छ’, देउवाले भनेका छन्, ‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।’
‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, नेपाल कांग्रेसका सभापति देउवाले समवेदना वक्तव्यमा भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया