धार्चेमा ‘मितिनी जात्रा’, पुरानो संस्कृतिको संरक्षण

तातोपानी । गोरखा जिल्लाको धार्चे गाउँपालिकाको तातोपानी मेला तथा मितिनी जात्राको आयोजना गरिएको छ ।

माघ १५ गतेदेखि शुरु भएको मेला माघ २० गते समापन हुँदै छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार धार्चेको परम्परा धान्दै आएको मितिनी जात्रालाई यस पटक भ्रमण वर्षको अवसरमा विशेष हर्सोल्लासका साथ मनाइएको छ ।

धार्चेका स्थानीय युवाहरूलाई जुवातासबाट मन हटाउन परम्परागत मितिनी जात्रालाई विशेष रुपमा सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए । उनले जात्राका क्रममा धेरै जोडीले मितिनी लगाएको बताए ।

विगतमा तातोपानीमा पहाडमाथिल्लो भागमा बसोबास गर्ने र फेदीमा बस्ने सर्वसाधारणहरू जम्मा भएर मितिनी र मित लगाउनुका साथै सामानहरू साटफेर गरेर जाने गरेको गुरुङले बताए ।

पहाडको माथिल्लो भागमा बस्नेहरूले जुडीबुटी र फेदीमा बस्नेतहरूले तरुल लगायतका बस्तु साट्ने परम्परा विगतमा थियो ।

तातोपानी मेला तथा मितिनी जात्रा २०७६ खोर्लाबेसीको पहिलो दिन गण्डकी प्रदेशका राज्यमन्त्री छमबहादुर गुरुङ, धार्चेकी पहिलो महिला सगरमाथा आरोही नानुमाया गुरुङ, गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोही स्व.इमानबहादुर गुरुङकी धर्मपत्नि काम्नी गुरुङ, कलाकार आस्पानी गुरुङ, कलाकार आइतराम गुरुङ, मिस जनजाति एलिजा गुरुङ, कलाकार राज गुरुङ, आर्थिक वर्ष ०७५–७६ मा बढी राजस्व उठाउने वडाध्यक्ष इन्द्रप्रसाद गुरुङ, पूर्वाधार विकासमा बढी सहयोग गर्ने माछीखोला महिला समूह, पदम ठकाल, गणेश राना, शुष्मा घलेलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 February 2, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया