बैठक रोकेर फिल्म हेर्दै नेकपाका केन्द्रीय सदस्यहरू
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक रोकेर केन्द्रीय सदस्यहरूले फिल्म हेरेका छन् ।
बैठक चलिरहेको स्थान काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाको हलमा आइतबार नेकपाका केन्द्रीय सदस्यहरूले फिल्म हेरेका हुन् । स्रोतका अनुसार केन्द्रीय सदस्यहरूलाई ‘बुद्ध बर्न ईन नेपाल’ नामक फिल्म देखाइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न नदिएर नेकपाको नेतृत्वले ‘अर्थ नबर्थ’को फिल्म देखाएको भन्दै केही नेताहरूले आक्रोश पोखेका छन् । फिल्म देखाएपछि केही केन्द्रीय सदस्यहरू हलबाहिर निस्किएका छन् ।
बैठकमा सरकार र नेकपा नेतृत्वको आलोचना भएपछि तनावमा परेका अध्यक्षद्वय खड्गप्रसाद ओली र प्रचण्डले कसरी जवाफ दिने भनेर तनाबमा परेका बेला केन्द्रीय सदस्यहरूलाई फिल्म देखाइएको छ ।
उता, नेकपाको केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा बसेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया