डा.कोइरालाको कार्यक्रममा नेकपा र राप्रपाका कार्यकर्ताले दिए खुसी, कांग्रेसभित्र खुसीयाली
देवचुली । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीलाई मिलाएर लैजानुपर्ने बताएका छन् ।
नवलपुर जिल्लाको रजहजरमा शनिबार नेपाली कांग्रेस देवचुली वार्ड नम्बर १६ र १७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले पार्टीभित्रको भागबण्डाको राजनीतिप्रति असन्तुष्टि जनाए ।
‘हामी अहिले मिलेर जानुपर्ने आवश्यक्ता छ’, उनले भने, ‘यस्तो अवस्थामा कार्यकर्ताहरूको मनोवल गिर्न दिनु हुँदैन । भागबण्डाको राजनीतिले कार्यकर्ताको मनोबल धक्का पुग्छ ।’
भागबण्डाको राजनीति गर्नेहरूले कार्यकर्ताको भावना बुझेर मात्रै कार्य गर्न डा.कोइरालाले सुझाव दिएका छन् । उनले कांग्रेस नेतृत्वले गर्दै आएका पछिल्ला निर्णयहरूप्रति पनि असन्तुष्टि जनाएका छन् ।
कम्युनिस्टहरूको दब्दबा रहेका बेला कांग्रेस पार्टीलाई चलाउने हो भने कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्नुपर्ने भन्दै डा.कोइरालाले नेताहरूमा सुधारको आवश्यक्ता रहेको बताए ।
नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोख्रेलले कम्युनिस्टहरूका कारण देशको अर्थतन्त्र बिग्रदै गएको बताए ।
नेपाली कांग्रेसका पालामा सञ्चालन भएका विकासका कार्यक्रमले मात्रै देश सहि मार्गदर्शन दिएको भन्दै डा.पोख्रेलले कम्युनिस्ट सरकारको अहिलेकै अवस्थाको नीति रह्यो भने आर्थिक संकट आउने चेतावनी दिए ।
कांग्रेसको अर्थनीतिकै कारण मुलुक अहिलेसम्म सहि ढंगले चल्न सकेको डा.पोख्रेलको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद सत्यनारायण खनाल र पूर्वसांसद महेन्द्रध्वज जिसीलगायतले कम्युनिस्ट सरकारको गलत कार्यका कारण जनताले गाउँमा दुःख पाइरहेको बताए । उनीहरूले गाउँका जनताले कम्युनिस्टहरूको बिकल्प खोज्न थालेको बताए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर कांग्रेस प्रवेश गरेका झण्डै १ सय नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेस गरेका छन् ।
कांग्रेस प्रवेश गरेका नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टहरूको ज्यादती सहन नसकेर आफूहरू नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।
उनीहरूले कम्युनिस्ट पार्टीभित्र स्वतन्त्रता नरहेको तथा जनताका कुराको कुनैपनि सुनुवाइ नभएको आरोप लगाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया