वीपीको गाउँ दुम्जामा शुक्रबार आमसभा
काठमाडौं । वीपी कोइराला प्रतिष्ठान, रामेछापले सिन्धुली जिल्लाको दुम्जामा आमसभाको कार्यक्रम राखेको छ ।
आमसभा सुनकोशी गाउँपालिकाको वडा नम्बर १ कुशेश्वर, दुम्जा, पानीपोखरीमा माघ १७ गते शुक्रबार बिहान १० बजे हुनेछ । सोहीअनुसार प्रतिष्ठानले आफ्नो तयारी गरेको छ ।
नेपाली कांग्रेस सिन्धुली, काभ्रे र रामछापसँगको सहकार्यमा प्रतिष्ठानले आमसभाको कार्यक्रम राखेको हो ।
आमसभामा प्रतिष्ठानले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका कुनै पनि नेतालाई बोलाएको छैन ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको नाममा हुन लागेको कार्यक्रममा देउवा समूहलाई राजनीतिक पूर्वाग्रह राखेर नबोलाएपछि रामेछाप, काभ्रे र सिन्धुलीका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू रिसाएका छन् ।
प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काको यो हर्कतले काठमाडौंमा हँगामा भएको छ ।
प्रतिष्ठानले सामाजिक सञ्जाल फेसबुकमा राखेको निमन्त्रणामा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, डा.शेखर कोइराला, श्याम घिमिरे, प्रदीप पौडेल र अभिनेत्री मनीषा कोइरालाको नाम राखिएको छ ।
कार्यक्रममा बोलाइएका सबै नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार र नेता कृष्णप्रसाद सिटौला निकटका मात्रै छन् । नेपाली कांग्रेसका सभापति देउवा निकटका नेताहरूलाई प्रतिष्ठानले बोलाएको छैन ।
वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले कार्यक्रमको आयोजना राखेका हुन् । उनलाई नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बरालले साथ दिएका छन् ।
सभापति बरालले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको पुर्ख्याैली गाउँ दुम्जामा कार्यक्रम राखिएपछि सबै प्रकारको सहयोग गरेका छन् ।
नेपाली कांग्रेस सिन्धुलीका सभापति बरालले भने, ‘वीपी कोइरालाको नाममा हुने कार्यक्रमलाई म र सिन्धुली कांग्रेसको सम्पूर्ण साथ समर्थन छ ।’
यो कार्यक्रमलाई नेपाली कांग्रेस सिन्धुलीका सभापति बरालका साथै नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य र नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले पनि साथ दिएका छन् ।
कार्यक्रममा विभिन्न कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया