थारु र उनीहरूकाे संस्कृतिकाे संरक्षण कांग्रेसले मात्रै गर्छः राजु खनाल

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले थारु संस्कृतिले दाङ जिल्लाको पहिचान दिएको भन्दै जिल्लामा सबै जातजाति, धर्म र संस्कृति मिलेर बसेको बताएका छन् ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ बुधौरामा बुधबार आयोजित माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले थारुहरूको संस्कृति विशिष्ट प्रकारको रहेको बताए ।

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको तत्कालीन सरकारले मुक्त कमैयाको घोषणा गरेको स्मरण गरेका युवा नेता खनालले भने, ‘देश र जनताको सेवा नेपाली कांग्रेसले मात्रै गर्छ । अरु भनेका सबै गफाडी हुन् ।’

‘दाङ जिल्लालाई थारु संस्कृतिले पहिचान दिएको छ’, उनले भने, ‘दाङबाट नै थारुहरू संस्कृति र पहिचान शुरु भएकोमा हामी सबै जिल्लाबासीले गर्व गर्नुपर्छ ।’

ईन्द्रसन जलदेवी बासुकी नाग बाबा धाम, सांस्कृतिक बुधौरामा माघ मिलन तेस्रो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, वडाध्यक्ष चन्द्रप्रसाद चौधरी, नेपाली कांग्रेसका नेताहरू कमल ओली, रामप्रसाद चौधरी, चन्द्रप्रसाद चौधरी, धनीराम चौधरी, गुरुप्रसाद चौधरीलगायतको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2020 January 22, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया