मेराे राजनीतिक चरित्र समाप्त पार्ने खेल भयाेः सुनिलबहादुर थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता सुनिलबहादुर थापाले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने गरेर समाचार आएको भन्दै चिन्ता जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका थापाले बुधबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै भने, ‘राप्रपा संयुक्त छाड्ने कुरा मेरो सोँचमा पनि छैन । नेपाली कांग्रेस प्रवेश गर्ने भन्ने कुरा नै आउँदैन ।’
लामो राजनीतिक करियरमा केही अनलाइन समाचार पोर्टलहरूले निराधार रुपमा समाचार सम्प्रेषण गरेको भन्दै चिन्ता जनाए । एकतर्फी रुपमा आएका ती समाचारहरूको पछाडि नलाग्न थापाले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूसँग अपील गरेका छन् ।
राप्रपा (संयुक्त)का प्रवक्ता किरण गिरीले पनि नेता सुनिलबहादुर थापाले पार्टी छाड्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । ‘कांग्रेसमा प्रवेश गर्ने कुरै आउँदैन’, उनले भने, ‘यस्ता निराधार समाचारले पार्टीमाथि नै आँच पुगाएको छ ।’
केही अनलाइनहरूमा राप्रपा (संयुक्त) का नेता थापाले पार्टी छाडेर कांग्रेस प्रवेश गर्न थालेको भनेर समाचार लेखेपछि पत्रकारहरूलाई फोन गरेर समाचारप्रति कुनै सत्यता नरहेको बताएका हुन् ।
नेता थापा स्व.सूर्यबहादुर थापाका छोरा हुन् । उनी शुरुदेखि नै हिन्दू राष्ट्र र गणतन्त्रवादी नेताको रुपमा चिनिएका छन् ।
उनले पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया