पत्नी च्यापेर यी भीआईपी अष्ट्रेलिया ‘फरार’

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पत्नीलाई लिएर अष्ट्रेलिया गएका छन् ।

खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाएका थिए ।

आइतबार राति ११ बजे क्याथे प्यासिफिक एयरलाइन्सको उडान नम्बर केए–१०३ बाट हङकङ हुँदै खरेल पत्नीसहित अष्ट्रेलिया प्रस्थान भएको स्रोतले जनाएको छ । निगममा काण्डै काण्ड मच्चाएका खरेलसँग सबै कर्मचारीहरू रिसाएका थिए ।

झापा घर भएको खरेलले नाता लगाएर कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसद ओलीमार्फत निमगमा राजनीतिक नियुक्ति लिन सफल भएका थिए ।

खरेलले नेपाल भ्रमण वर्ष सन् २०२० लाई असफल बनाएर बीचमै राजीनामा दिएर भागेको भनेर निमगभित्र हँगामा भएको छ ।

खरेललाई निगम सुधार्नेभन्दा पनि निगमलाई डुबाएर विदेशी एयरलाइन्स पोस्ने नियतले एउटा गिरोहले निगमको कार्यकारी अध्यक्षमा पुर्‍याएको थियो । जुन कुरा उनको पन्ध्र महिने कार्यकालले पुष्टि गरेको छ ।

निगमको कार्यकारी अध्यक्षबाट राजीनामा दिनु दुई हप्ता अगाडि मात्र खरेलले दोहाको फाद ट्राभल, दिल्लीको बड ट्राभललाई बिना प्रतिस्पर्धा निगमको जीएसए नियुक्त गरेर करोडौं कमिशन खाएको आरोप छ ।

कार्यकारी अध्यक्ष हुनासाथ खरेलको प्रमुख जिम्मेवारी दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजको व्यापार विस्तार गरेर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्नुपर्ने थियो ।

खरेल नियुक्त हुनासाथ उनले श्वेतपत्र जारी गरेर सरकारले २० अर्ब नदिएसम्म ऋण तिर्न सक्दिनँ भनेर पत्रकार सम्मेलन गरेका थिए । यसबाट उनको नियत स्पष्ट हुन्छ ।

त्यति मात्र होइन, उनले इञ्जिनियरिङ विभागमा राजेश श्रेष्ठलाई ल्याएर एपियुलगायत अन्य मर्मतसम्भारबाट करोडौँ रुपियाँ कमिशन असुले भने दीपु ज्वारचनलाई अप्रेशन विभागको प्रमुख बनाएर ओशाका, मलेशिया, दुबई र दोहाको होटलबाट करोडौँ कमिशन असुल्ने धन्दालाई निरन्तरता दिए ।

ती गन्तव्यमा जहाज ‘नाइटस्टप’ बस्नुपर्ने भएकोले पाइलट क्रुलाई होटलमा राख्नुपर्ने हुन्छ । त्यति मात्र होइन, चारवटा एयरबस सञ्चालन गर्न केही विदेशी पाइलटहरु महंगो दरमा नियुक्त गरे ।

विदेशी पाइलटको तुलनामा नेपाली पाइलटलाई कम तलब सुविधा दिएपछि २८ जना नेपाली पाइलट सामूहिक राजीनामा दिने निष्कर्षमा पुगे ।

सामान्य सेवा विभाग अर्को मालदार विभाग हो । त्यस विभागमा नौ तहको कर्मचारी हुँदाहुँदै खरेलले आठ तहको अमृतमान श्रेष्ठलाई नियुक्त गरेर कमिशन खानकै लागि १५ वटा नयाँ गाडी खरिद गरेका थिए ।

नयाँ गाडी किन्नुको सट्टा त्यो रकम सञ्चयकोषको ऋण तिरेको भए कमसेकम किस्ता घट्ने थियो । कमर्सिल डाइरेक्टरमा टंकनिधि दाहाललाई नियुक्त गरेर टिकट बुकिङ सिस्टमको ठेक्का सेभर भन्ने कम्पनीलाई दिइयो ।

Published : Tuesday, 2020 January 21, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया