कांग्रेस निकटका पत्रकारहरूको महाविधेशन चैतमा

भतरपुर । नेपाली कांग्रेस निकटका पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनले ९औँ महाविधेशन चैत महिनामा गर्ने निर्णय गरेको छ ।

चितवनमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९औँ महाधिवेशन चैतको २१ र २२ गते गर्ने निर्णय गरेको सल्लाहकार शिव लम्सालले जानकारी दिए । महाधिवेशन नेपालगञ्जमा हुनेछ ।

पटक पटक स्थगित हुँदै आएको युनियनको महाधिवेशनको मिति तोक्न नेतृत्वलाई दवाव पर्दै आएको थियो । युनियनका काठमाडौंसहितका जिल्लाहरूमा अधिवेशन गर्नुपर्ने पनि छ ।

९औँ महाधिवेशनमा अध्यक्षका लागि अहिलेको कार्यसमितिका पदाधिकारीहरूले प्रतिस्पर्धागर्ने छन् ।

युनियनका सल्लाहकार शिव लम्साल, महासचिव अजयबाबु सिवाकोटी, उपाध्यक्ष दीपक आचार्यलगायतकाले अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

Published : Tuesday, 2020 January 21, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया