कांग्रेस नेता स्व.थापालाई भक्तपुरमा दिइयो श्रद्धाञ्जलि
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले स्व.विदुर थापाप्रति श्रद्धाञ्जलि दिएको छ ।
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा स्व.थापाकै निवासमा १३औँ दिनको अवसरमा मंगलबार बिहान श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको हो ।
बिक्रम संवत ०१६ सालमा जन्मिका स्व.थापाले भक्तपुर कांग्रेसमा आफूलाई सधैँ सक्रिय कार्यकर्ताका रुपमा उपस्थित बनाएका थिए ।
नेपाली कांग्रेस भक्तपुरका स्थानीय नेता स्व.थापाले पार्टीमा पु¥याएको योगदानको स्मरण गर्दै वक्ताहरूले समाज परिवर्तनका लागि उनको सधैँ स्मरण गरिने बताएका थिए ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतका नेताहरूको सहभागितामा सम्पन्न श्रद्धाञ्जलि सभाको सभापतित्व नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सभापति बच्चुराम थापाले गरेका थिए ।
स्व.थापाको श्रद्धाञ्जलि कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू विदुरमान सिंह बस्नेत, शशि बस्नेत, निशान ढुंगेल लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया