भक्तपुर कांग्रेसले दलबलसहित कम्युनिस्ट प्रधानमन्त्रीलाई पत्र बुझायो (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरद्वारा भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत कम्युनिस्ट सरकारलाई सचेत गराउँदै विरोध पत्र बुझाएको छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रदेश सभा सांसद कृष्ण्लाल भँडेल, रजनी जोन्छे, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले जुलुससहित विरोध पत्र बुझाएका हुन् ।

विरोध जुलुसमा नगर समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू, वडा सभापति, पदाधिकारी तथा सदस्यहरू र क्रियाशील सदस्यहरू गरी करीव एक हजारभन्दा बढीको सहभागिता रहेको तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए ।

पार्टी कार्यालय दुधपाटीबाट नारा जुलुशसहित जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगी विरोध पत्र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाइएको थियो ।

Published : Monday, 2020 January 20, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया