शहीद चौधरीलाई मौरीघाटमा कांग्रेसद्वारा श्राद्धाञ्जलि
मसुरिया । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले शहीद श्रीनारायण चौधरीको १९औँ स्मृति दिवस मनाएको छ ।
राप्ती गाउँपालिकाको मौरीघाटमा रहेको चौधरीको शालिक रहेको स्थानमा बिहीबार विविध कार्यक्रम गरेर स्मरण गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरीले तत्कालीन समयमा कथित जनयुद्धका नाममा माओवादीले नेपाली कांग्रेसका होनहार नेता श्रीनारायण चौधरीको ज्यान लिएर ठूलो गल्ती गरेको बताइन् । उनले माओवादीले श्रीनारायण चौधरीको ज्यान लिए पनि विचारलाई समाप्त पार्न नसकेको बताइन् ।
कार्यक्रममा सहभागीहरूले माओवादीको विद्रोहका नाममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले ठूलो दुःख र कष्ट व्यहोर्नु परेको बताए । वक्ताहरूले शहीद श्रीनारायण चौधरीको मार्गमा हिँड्न सके उनलाई सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरी, पूर्वसांसद सुशीला चौधरी, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेल, जानकीलाल बस्नेत, गिरिजा न्यौपाने, दोर्ण भुसाल, लालमोहम्मद मियाँ, दुर्यायोधन पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरूको स्मृति सभामा सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया