बाटाे कठिन छ, आउने दिनहरू कांग्रेसको होः जितजंग बस्नेत

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अबको दिन भनेको नेपाली कांग्रेसको दिन हुने बताएका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले जनताको भरोसाको पार्टी नेपाली कांग्रेस नै भएको बताए ।

उनले नेपाली कांग्रेसले मात्रै देश विकास गर्नेभन्दै गरिवलाई धनी र धनीलाई झन् धनी बनाउन सक्ने बताए ।

‘आगामी दिन नेपाली कांग्रेसकै छ । कांग्रेसको भविष्य छ । कांग्रेसले मात्रै विकास गर्छ’, उनले भने, ‘कांग्रेस मात्रै त्यो शक्ति हो देश र जनताको उन्नती, प्रगतिमा विकास गर्छ । धनीलाई झन् धनी र गरिवलाई पनि धनी बनाउने पार्टी नेपाली कांग्रेस हो ।’

तरुण दलका अध्यक्ष बस्नेतले गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न कठिन भएपनि नेपाली कांग्रेसका नेताहरू त्यो बाटोमा हिँड्नै पर्ने बताए ।

‘गणेशमान सिंह हामीले सन्दै आयौँ । उहाँको त्याग र आदर्श हो । त्यो बाटोमा हिँड्न कठिन छ’, उनले भने, ‘त्यो बाटोमा हिँड्न प्रयास गर्नुपर्छ । त्यागी नेताको बाटोमा कांग्रेसका नेताहरू हिँड्नुपर्छ ।’

वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको सफलताका लागि उनले बधाई पनि दिएका छन् ।

अध्यक्ष बस्नेतले १३औँ साफ गेममा पदक बिजेतालाई शुभकामना दिएका छन् । ‘खेलमा जितहार हुन्छ’, उनले भने, ‘खेलामा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन भएन भने खेल मात्रै होइन अरु क्षेत्र पनि ध्वस्त हुन्छ ।’

Published : Thursday, 2020 January 16, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया