अठ्हत्तर उपसचिवको बढुवा (नाम)

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ७८ जनालाई उपसचिवमा बढुवा गरेको छ ।

मन्त्रालयले रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७८ जनाको नाम सिफरिस गरेको हो ।

बढुवा समितिको पोष २७ गतेको निर्णय बमोजिम योग्यता पुगेका उमेदवारहरुलाई उपसचिवमा बढुवा गरिएको हो ।

समितिका अनुसार समान्य प्रशासन समूह अन्तर्गत ७० जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

लेखा समूहमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ भने राजश्व समूहमा पाँच जनाको नाम सिफारिस गरिएको छ ।

Published : Monday, 2020 January 13, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया