बागमती प्रदेशमा माघ १० गते सार्वजनिक विदा

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ ।

माघ १० गते पर्ने पर्ने ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिएका छन् ।

सार्वजनिक बिदासहित बैठकले ७ वटा निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७–७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

Published : Monday, 2020 January 13, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया