कांग्रेसको फेरि शानदार जित, देउवा सरकारले गरेको निर्णय सर्वसम्मत अनुमोदन
हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णयलाई प्रदेश ३ को प्रदेश सभाले बैधानिकता दिएको छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेश ३ को नाम बागमती राख्ने निर्णय सर्वसम्मतले पारित गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडा बनाइएको छ ।
देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको यो निर्णयलाई प्रदेश सभाले सर्वसम्मत पारित गरेपछि नेपाली कांग्रेसले नै देशको लागि उपयुक्त निर्णय गर्छ भन्ने कुराको पुष्टि भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राख्ने प्रस्तावमा एक सय ८ मत आएको बताएका छन् ।
प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबारको बैठकमा एक सय आठ जना मात्रै उपस्थित थिए । बैठकले राजधानी हेटौंडा राख्ने निर्णय पनि गरेको छ ।
हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको थियो । प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबार एक सय आठ सांसद उपस्थित थिए । धुलिखेल राजधानी राख्ने विवेकशीलको प्रस्ताव अस्वीकृत भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नाम बागमती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।
नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया