माटोको सम्मानमा बोल्नै नहुने ? भन्दै पूर्वराजाले उठाए गम्भीर प्रश्न
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक पृथ्वीनारायण शाहलाई स्मरण गर्दै परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले शनिबार साँझ पृथ्वीनारायण शाहको २९८औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिएका हुन् ।
‘हाम्रो पूर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्दछ’, पूर्वराजा शाहले भनेका छन्, ‘देशको सबै भू–भागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’
‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दीव्य उपदेशहरू आधुनिक नेपाल अधिराज्य निर्माणको प्रकृयामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन् ।’
‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ’, पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन । सत्य कल्यिै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’
पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पर्छ । यो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिए पनि कम्युनिस्ट सरकारले सार्वजनिक विदा कटौती गरेर राष्ट्रिय एकता दिवस मनाउन छाडेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया