पूर्वसभापतिलाई श्रद्धाञ्जलि दिन गाउँमै पुगे खतिवडासहितका कांग्रेस नेताहरू

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्व.प्रेमराज राईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति स्व.प्रेमराज राईको पार्थिव शरीर अन्त्यष्टि गरिएको ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको मोलीमा शनिबार युवा नेता खतिवडाले श्रद्धाञ्जलि दिएका हुन् । मोली स्व.प्रेमराज राईको पुख्र्यौली घर पर्छ ।

प्रेमराज राईको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनको ईच्छाअनुसार परिवारजनले पार्थिक शरीरलाई गृहजिल्लामा लगेर अन्त्यष्टि गरेका थिए ।

स्व.प्रेमराज राईलाई नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवार र पार्टी सचिव रुद्र अधिकारीले पनि श्रद्धाञ्जलि दिएका थिए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले स्व.प्रेमराज राईका परिवारजनलाई भेटेर समवेदना प्रकट गर्नुका साथै राई परिवारले नेपाली कांग्रेस र ओखलढुंगाको विकासका लागि गरेको योगदानको स्मरण गरेका थिए ।

स्व.प्रेमराज राईका भाई भुपराज राई र परिवारका सदस्यहरूसँग नेपाली कांग्रेसका नेता खतिवडाले शोकलाई शक्तिमा बदलेर उहाँले देखाउनु भएको मार्गलाई सबैले अनुशरण गर्नुपर्ने बताएको खतिवडाका सहयोगी हुकम राईले जानकारी दिएका छन् ।

Published : Sunday, 2020 January 5, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया