कास्कीमा कांग्रेसको शानदार कार्यक्रम, एकजुट भए नेताहरू

पोखरा । नेपाली कांग्रेस कास्कीले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा प्रवचन गरी दिवस मनाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।

त्यस अवसरमा बोल्दै गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले जनता सरकारको गतिविधिका कारण वाक्क भएको बताए ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले कांग्रेसको आलोचना गर्नेहरूले पनि वीपीको खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरे ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताए ।

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य विन्दु थापा, कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’, नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बोलेका थिए ।

नेपाली कांग्रेस कास्कीका कार्यबाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले सञ्चालन गरेका थिए ।

Published : Wednesday, 2020 January 1, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया