डा.कोइरालाद्वारा भ्रष्ट कम्युनिस्टहरूको भण्डाफोर, मात खायो बालुवाटार काण्डले
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुईतिहाइको कम्युनिस्ट सरकारले राष्ट्रिय सम्पत्ति आफू निकटका व्यापारीलाई दिन कानून संशोधन गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
डा.कोइरालाले शुक्रबार बिहान फेसबुकमा टिप्पणी लेखेर कम्युनिस्ट सरकारका हर्कतहरूको विरोध गरेका छन् । उनले राष्ट्रिय सम्पत्ति आफू निकटका व्यापारीहरूलाई दिएर राष्ट्र, जनता र अभिमतको दुरुपयोग गरेको बताएका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले राम्रै काम गरिरहेका छन्’, नेपाली कांग्रेसका डा.कोइरालाले, ‘तर पछिल्ला दिनमा तिनका काम सह्रानीय भने हुन सकिरहेका छैनन् ।’
‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौंस्थित गोकर्ण जंगल एवम् दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरूको मिलेमतोमा ऐन नै संशोधन गरेर यती होल्डिङ्सलाई दिएको छ’, डा.कोइरालाले भनेका छन्, ‘राज्य दोहनको चरम उदाहरण हो यो । मुलुकका लागि योभन्दा बदमासी के हुन सक्छ ?’
‘यस विषयमा जनताले सरकार र मन्त्रीहरूसंग प्रश्न गर्ने समय आएको छ’, उनले भनेका छन्, ‘यति होल्डिङ्सलाई दिइएको दरबारमार्गको जग्गा, बालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन ।’
‘यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ’, उनले भनेका छन् ।
बालुवाटारको सरकारी जग्गा कब्जा भएको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको आलोचना भइरहेका बेला दुईतिहाइको कम्युनिस्ट सरकारले यती ग्रुपलाई राजा वीरेन्द्र शाहको सम्पत्ति धमाधम कौडीको भाउमा दिएपछि नेपाली कांग्रेसका नेताहरूले आलोचना गरेका छन् ।
कम्युनिस्ट सरकारले यती ग्रुपलाई सरकारी जग्गा र जंगल कौडीको भाउमा दिएका छन् । यसको विरोध भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया