देउवा सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न कम्युनिस्ट सरकारसंग माग

काठमाडौं । नेपाली कांग्रेसले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता (एमसीसी) लाई यथाशीघ्र सदनबाट पारित गर्न माग गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौतालाई संसदबाट पारित गर्नुपर्ने निर्णय गरेको राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेपाली कांग्रेसले एमसीसीलाई कार्यान्वयनमा लैजान सरकारसँग माग गरेको छ ।

हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीच यस विषयमा बहस चलिरहेको छ । नेकपाका नेताहरूले अमेरिकन सहयोगको विरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला अमेरिकासँग एमसीसी सम्झौता सम्झौता भएको भन्दै कार्यान्वयनमा ल्याउनुपर्ने माग गरिएको छ ।

Published : Thursday, 2019 December 19, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया