कांग्रेसको निर्णयले कम्युनिस्ट सरकारलाई ‘संकट’, अब हुनेछ वारपारको लडाइँ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका गलत क्रियाकलाप र संविधान विपरितका हर्कतको खुलेर आलोचना गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले कम्युनिस्ट सरकारले संविधानको भावना र मर्म विपरित विधेयकहरू संसदमा प्रवेश गराएको भन्दै आलोचना गरेको हो ।

संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका हरेक गलत गतिविधि र क्रियाकलापको संसदमा अनिवार्य उपस्थित भएर आफ्ना सांसदहरूलाई विरोधमा उत्रिन निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कम्युनिस्ट सरकारका संविधान विपरितका कुराहरूको हिउँदे अधिवेशनमा विरोध गर्ने बताए ।

‘संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले सबै सांसदहरूलाई यो हिउँदे अधिवेशनमा अनिर्वाय उपस्थित हुने र अहिले उठेका समसामयिक विषयवस्तुबारेमा पनि पार्टीको तर्फबाट सांसदले आफ्नो धारणा राख्ने व्यक्त गर्न निर्देशन दिनुभएको छ’, नेता पाण्डेले भने, ‘विशेष सेवा ऐनलगायत विभिन्न असंवैधानिक विधेयकहरू आइरहेका छन् । त्यसको सशक्त रुपमा विरोध गर्न निर्देशन भएको छ ।’

नेपाली कांग्रेस संसदीय दलको बैठकका निर्णय र सभापति देउवाको निर्देशनले दुईतिहाइको कम्युनिस्ट सरकारलाई हिउँदे अधिवेशन सजिलो हुनेछैन ।

संविधान विपरितका हर्कत र क्रियाकलाप गर्दै आएको जनाएको नेपाली कांग्रेसले कम्युनिस्ट सरकारलाई हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्ष दलको हैसियत देखाइदिने संकेत गरेको छ ।

Published : Thursday, 2019 December 19, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया