नेविसंघले भरियो सानेपा, लाग्यो जिन्दावादको नारा (तस्वीर)
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वको माग राखेर विद्यार्थी नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा, ललितपुरमा आ–आफ्नो उपस्थिति देखाएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निकटका विद्यार्थीले पार्टी मुख्यालयमा ३२ वर्षभन्दा माथि उमेर भएका नेताहरूलाई अध्यक्ष बनाउन नहुनेभन्दै रिलेअनशसन बसेका छन् । उनीहरूले ३२ वर्षमुनिकालाई नेविसंघको नेतृत्व दिन माग गरेका छन् ।
सिटौला समूहका विद्यार्थीले नेपाली कांग्रेसको नेतृत्वविरुद्ध नारावाजी समेत गरेका थिए । सिटौला समूहका नेविसंघका नेता कुन्दनराज काफ्लेले ५–६ जना विद्यार्थी कार्यकर्ताहरूलाई अनशनमा बसालेका छन् ।
पार्टी मुख्यालय परिषसरमा सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
देउवा निकटका विद्यार्थी नेता दुजाङ शेर्पासहितका नेता तथा कार्यकर्ताले कांग्रेस नेतृत्वको निर्णय सुन्न आतुर भएर बसेको जनाएका थिए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निकटका विद्यार्थी नेता मनोज वैद्यले पनि सानेपामा आफ्नो उपस्थिति जनाएका थिए । वैद्यले ५०–६० वटा मोटरसाइकलमा नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई सानेपामा ल्याएर शक्ति देखाएका थिए ।

विद्यार्थी नेता तथा कार्यकर्ताहरूका कारण नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपा भरिभराउ देखिएको थियो ।
सभापति देउवाले राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाउन खोजेको चर्चा छ । महामन्त्रीमा पौडेल समूहबाट निलकण्ठ रिजाल र दीपक भट्टराईको नाम अगाडि देखिएको छ ।
सिटौला समूहबाट बलदेव तिमिल्सिना र प्रकाशमान सिंहको तर्फबाट मनोज वैद्यको नाम चर्चामा छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया