कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । आन्तरिक विवादमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

ललितपुरको सानेपामा बुधबार दिउँसो नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो । बैठकमा असन्तुष्ट समूह वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पनि सहभागी हुने जनाइएको छ ।

भागबण्डा र १४औँ महाधिवेशनको कार्यतालिकामा सभापति शेरबहादुर देउवा र पौडेल समूहबीच सकारात्मक कुराकानी अगाडि बढेको एक नेताले बताए ।

सभापति देउवाले विभागहरूको संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिमा राखेपछि पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गरेको थियो ।

देउवाले विभागहरूको संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराएर १४औँ महाधिवेशनको कार्यतालिका बनाउने तयारीमा देउवा थिए ।

तर, पौडेल समूहले भागबण्डा र देउवालाई अफ्ठ्यारो बनाउन बिहीबारको बैठक बहिस्कार गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो ।

Published : Wednesday, 2019 December 18, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया