गुठी संस्थानका ठूला दुई कर्मचारीहरू पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासकीय अधिकृत नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले चौधरी र रेग्मीलाई संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरबाट पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूले काठमाडौं महानगरपालिका– १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा पक्राउ गरेको जनाइएको छ ।

चौधरी र रेग्मीले सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगका कर्मचारीहरूले पक्राउ गरेको आयोगले जनाएको छ ।

000

प्रेस विज्ञप्ति

विषय :- नियन्त्रणमा लिईएको ।

गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक श्री नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीले जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस/रिसवत लिएको तथा फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु श्री नारायण चौधरी र जयप्रसाद रेग्मीलाई घुस वापतको रकम लिने/फिर्ता गर्ने विषयका लागि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Published : Tuesday, 2019 December 17, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया