राष्ट्रपति भण्डारीको जिल्लामा कांग्रेसका वडाध्यक्षले जनताको मन जित्दै
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्ला भोजपुरमा नेपाली कांग्रेसले आफ्नो संगठनलाई बलियो बनाउने अभियान चलाएको छ । नेपाली कांग्रेस भोजपुरले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सेवाग्राहीलाई असर पर्ने गरेर कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।
भोजपुर जिल्लामा सत्तारुढ कम्युनिस्टहरू सांगठनिक रुपमा बलियो छन् । कम्युनिस्टहरूको किल्लालाई भत्काउन ग्रामीण भेगमा नेपाली कांग्रेसले आफूलाई उपस्थित बनाउन थालेको छ । गाउँका जनता समक्ष नेपाली कांग्रेसका नीति तथा कार्यक्रमलाई आवश्यक्ताअनुसार जानकारी गराउँदै आएको छ ।
नेपाली कांग्रेस भोजपुरले दुईतिहाइको कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचार, अनियमितता लगायतको भण्डाफोर गर्ने गरेको छ ।
षडानन्द नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामेश्वर भण्डारीले नेपाली कांग्रेसलाई बलियो बनाउन जनताको सेवा गर्नुपर्ने बताउँछन् । ‘भोजुरपमा हामी कम्युनिस्टभन्दा कमजोर छौँ’, उनले भने, ‘यति पनि कमजोर छैनौँ कि कम्युनिस्टहरूको थिचोमिचो सहेर बसेका छैन । जिल्ला र जनताको विकासका लाग कम्युनिस्टहरूसँग मुकाबिला गर्न सक्ने आँट राख्छौँ ।’
विगतमा नेपाली कांग्रेसका केही नेताहरूका कारण भोजपुर जिल्ला कमजोर भएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ । ‘भोजपुरमा नेपाली कांग्रेस कमोजर होइन । कांग्रेसका स्थानीय नेताहरूको व्यवस्थापन हुन नसक्दा समस्या भएको हो’, भोजपुर कांग्रेसका एकजना नेताले भने, ‘नेता तथा कार्यकर्ताहरूलाई मिलाएर लैजाने हो भने कम्युनिस्टहरूलाई हराएर भोजपुरको विकासमा कायापलट ल्याउन सक्छौँ ।’
भोजपुर जिल्लाकी राष्ट्रपति विद्यादेवी भण्डारी छिन् । प्रदेश १ मा कम्युनिस्ट मुख्यमन्त्री शेरधन राई छन् । भोजपुरले जति विकास पाउनुपर्ने हो पाउन सकेको छैन । सधै जनतालाई भ्रम र झुठ्ठा आश्वासन बाँडेर कम्युनिस्टहरूले भोजपुर जिल्लालाई विकासमा पछाडि धकेलेको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले बताए ।
भोजपुर कांग्रेसले आफूले जितेका स्थानीय तहमा जनतालाई जति बेला सहयोगको आवश्यक्ता पर्छ त्यति नै बेला उपस्थित भएर सेवा दिन निर्देशन दिएको छ ।
पार्टीको निर्देशनलाई षडानन्द नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भण्डारीले कार्यान्वयन गरेका छन् । आफ्ना वडाबासी जनतालाई आवश्यक पर्यो भने बिहान ७ बजे पनि वडा कार्यालयमा उपस्थित भएर काम गरिदिन्छन् । वडाध्यक्ष भण्डारीले वडा कार्यालयका कर्मचारीहरूलाई पनि सेवाग्राहीको काम ढिलाइ नगरी पूरा गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया