कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहद्वारा बहिस्कार हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बैठक १ बजे बस्ने कार्यक्रम छ । विभागको संख्या थप गर्ने विषयमा पौडेल समूहले असन्तुष्टि जनाएर बैठक बहिस्कार गर्दै आएको छ ।
महाधिवेशनको विषयले प्रवेश पाउनुभन्दा विभाग गठन गरेर समय लम्ब्याउने स्थिति बनेको भन्दै पौडेल समूह बहिस्कारमा उत्रिएको छ ।
बिहीबारेखि उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बैठक शुरु भएको थियो ।
बहुमतको आधारमा बैठक अगाडि बढाएर निर्णय गर्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा पुगेको देखिन्छ ।
पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष बैठक बहिस्कार गर्दै आएका छन् ।
पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन् ।
दुई पक्षको बहिस्कारबीच पनि बैठक सोमबारसमेत बस्न लागेको छ । आइतबारको बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको थियो ।
प्रतिवेदनमाथि सोमबारदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
देउवाले शुक्रबारदेखि सिटौला र पौडेल पक्षका नेतालाई भेटेर सहमतिमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
देउवा नेतृत्वको कार्यकाल फागुन २० गते सकिँदैछ । चार वर्षअघि फागुनमा चार वर्षे कार्यकालका लागि चुनावी अधिवेशन भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया