चलचित्र विकास बोर्डका अध्यक्षको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता केशव भट्टराईको निधन भएको छ ।

भट्टराईको आइतबार राति करीव १० बजेर २० मिनेटमा निधन भएको आफन्तले जनाएका छन् ।

स्वास्थ्यमा अचानक समस्या आएपछि भट्टराईलाई उपचारका लागि काठमाडौंको चावहिलस्थित ओम अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याउनेवित्तिकै चिकित्सकहरूले भट्टराईलाई तत्काल मृत घोषणा गरेका थिए । उनको हृदयघातका कारण निधन भएको परिवारजनको भनाइ छ ।

५४ वर्षीय भट्टराईका एक पत्नी र छोरा रहेका छन् ।

करीब ३ दशकदेखि अभिनय र फिल्म निर्माणमा सक्रिय रहँदै आएका अभिनेता भट्टराईले अभिनय गरेको फिल्म ‘चिनो’ चर्चित छ ।

पछिल्लो पटक उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका छन् । ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका फिल्म निर्माण गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकटका भट्टराईलाई केही महिना अगाडि खड्गप्रसाद ओली नेतृत्वको सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

Published : Monday, 2019 December 16, 7:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया