बस दुर्घटनामा तरुण उपाध्यक्ष घाइते, पत्नी र छोरीहरूको निधन
भक्तपुर । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोक जिल्लामा १५ जनाको ज्यान जाने गरी आइतबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।
तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले आइतबार विज्ञप्ति जारी गरेर बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
दुर्घटनामा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का उपाध्यक्ष शंकर लामासहित उनको परिवार दुर्घटना परेको भन्दै अध्यक्ष थापाले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उपाध्यक्ष शंकर लामासहित परिवार दुर्घटनामा परेर घाइते हुनुभएको छ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष लामाकी श्रीमती र दुई छोरीको निधन भएको छ । उहाँहरूको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।’
दोलखा जिल्लाको कालिञ्चोक भगवतीको दर्शन गरी काठमाडौं फर्कने क्रममा सिन्धुपाल्चोक जिल्लाको खाडीचौर–जिरी सडकखण्डको ६ किलोमा आइतबार बिहान साढे सात बजे बस दुर्घटना हुँदा १५ जनाको निधन भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया