पूर्वगुण्डा नाइकेलाई कम्युनिस्टले सरकारले ठूलै सरकारी पद दिने

बिराटनगर । प्रदेश १ को कम्युनिस्ट सरकारले प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा पूर्व गुण्डा नाइके पर्शुराम बस्नेतलाई नियुक्तिको अन्तिम तयारी गरेको छ ।

विराटनगर क्षेत्रमा विगतमा गुण्डागर्दी गरेको तथा पत्रकारलाई कुटपिट गरेका पूर्वएमाले (हाल नेकपा) निकटको युवा संगठका केन्द्रीय सदस्य बस्नेतलाई सदस्य सचिव नियुक्तिको तयारी भएको हो ।

प्रदेश खेलकुद ऐन २०७६ निर्माण गरेपछि किरण राई, नेकपा नेता सागर थापा र किरण गिरीले पनि सदस्य सचिवमा दाबेदारी प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री प्रदेश लिग आयोजना गर्दा अनियमितताको आशंकामा प्रदेशको सार्वजनिक लेखा समितिले किरण राईमाथि छानविन गरेका कारण उनको सम्भावना सकिएको छ ।

प्रदेश खेलकुद सदस्य सचिवको दाबी प्रस्तुत गरिरहेका थापा नेकपा महानगर कमिटी अध्यक्ष छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रदेश अध्यक्ष रहेका थापाले महानगर कमिटी अध्यक्ष भएपछि सदस्य सचिवको दाबी छाडेका छन् ।

किरण गिरी सदस्यसचिव बन्नेमा ढुक्क छन् । गिरीले कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई कार्ययोजना बुझाइसकेका छन् ।

गिरीलाई पनि उछिनेर पूर्व गुण्डा नाइके बस्नेतले सदस्य सचिवमा नियुक्ति पाउन लागेको स्रोतले जनाएको छ । माथिको आदेश भन्दै प्रदेशको कम्युनिस्ट सरकारले बस्नेतलाई सदस्यसचिव बनाउने तयारी गरेको छ ।

कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बस्नेतलाई प्रदेश १ को सदस्य सचिव बनाउन कम्युनिस्ट मुख्यमन्त्री राईलाई दवाव दिएको स्रोतले जनाएको छ ।

Published : Sunday, 2019 December 15, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया